उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
रसुवा – रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले दुई हजार ६२२ मत पाउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले दुई हजार २८३ मत पाउनुभयो । माओवादीका उम्मेदवार सोमबहादुर तामाङले एक हजार ५२२ मत ल्याउनुभएको छ ।
उपाध्यक्षमा कांग्रेसकी मिरा लामाले दुई हजार ८१० मत ल्याएर निर्वाचित हुनुभएको छ । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्टले दुई हजार दुई मत पाउनुभयो । यस्तै नेकपा समाजवादीका उम्मेदवार विष्णुप्रसाद देवकोटाले १ हजार ४० मत ल्याउनुभयो ।
अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका दावा तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेश बहादुर न्यौपाने, वडा नम्बर ३ मा कांग्रेसका फडिन्द्र प्रसाद न्यौपाने, वडा नम्बर ४ मा कांग्रेसका खेसम तामाङ र वडा नम्बर ५ मा कांग्रेसका सन्दीप पौडेलले जित हासिल गर्नुभएको छ । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्ष तथा उपाध्यक्षमा एमालेले विजयी हासिल गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।