पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - पालिका चुनाव–२०७९ मा ५५ हजार ६ सय ९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४ सय २ महिला निर्वाचित भएका छन् ।
तीन वटा पालिकामा प्रमुख र उपप्रमुख नै महिला निर्वाचित भएका छन् । झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पूजन न्यौपाने कुँवर, दैलेखको भैरवी गाउँपालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवि भण्डारी र कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा सुशीला शाही र उपमेयरमा जुना चौधरी निर्वाचित हुनुभएको छ ।
प्रदेशगत रुपमा महिला निर्वाचित सङ्ख्या प्रदेश -१ मा २ हजार ४ सय ५५ जना, मधेस प्रदेशमा २ हजार ७ सय ७० जना, वाग्मतीमा २ हजार ३ सय ४७ जना निर्वाचित भएका छन् ।
यस्तै, गण्डकी प्रदेशमा १ हजार ६ सय २२, लुम्बिनी प्रदेशमा २ हजार १ सय २४, कर्णाली प्रदेशमा १ हजार ५ सय २४ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ६० जना महिला निर्वाचित भएका निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क छ । देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् ।
पालिका प्रमुख जित्ने महिला
चितवनको भरतपुर महानगरपालिका– रेनु दाहाल
मकवानपुरको हेटौडा उपमहानगर– मीना लामा
झापाको विर्तामोड नगरपालिका–पवित्रा महतारा
झापाको गौरीगञ्ज गाउँपालिका– फूलवती राजवंशी
मोरङको कानेपोखरी गाउँपालिका– राजमति इङनाम
सालुखुम्बुको लिखुपिके गाउँपालिका– मिनादेवी कार्की
खोटाङको जन्तेढुङ्गा गाउँपालिका– अरुणदेवी राई
खोटाङको हलेसी तुवाचुङ नगरपालिका– विमला राई
सप्तरीको सुरुङ्गा नगरपालिका– गीता चौधरी
सर्लाहीको बरहथवा नगरपालिका–कल्पनाकुमारी कटुवाल
रौतहटको ईशनाथ नगरपालिका–कौशल्या देवी
रौतहटको मौलापुर नगरपालिका– रिनाकुमारी साह
सिन्धुलीको फिक्कल गाउँपालिका– पार्वती सुनुवार
सिन्धुलीको सुनकोसी गाउँपालिका– दीपा बोहरा दाहाल
काभेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– रेणुका चौलागाईँ
चितवनको माडी नगरपालिका– ताराकुमारी काजी महतो ९थारु०
नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे
नवलपरासीको सुनवल नगरपालिका– विमला अर्याल
बाग्लुङको बडिगाड गाउँपालिका– गण्डकी थापा अधिकारी
पर्वतको मोदी गाउँपालिका– हीरादेवी शर्मा
पाल्पाको बगनासकाली गाउँपालिका– सरस्वती दर्लामी
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– मोहनमाया ढकाल
अछामका पञ्चदेवल विनायक नगरपालिका– अम्बिका चलाउने
दैलेखको भैरवी गाउँपालिका–रीताकुमारी शाही
कैलालीको लम्कीचुहा नगरपालिका–सुशीला शाही
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।