पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
रूपन्देही - रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी हुनुभएको छ ।
उहाँले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँलाई पराजित गर्नुभयो ।
खाणले २४ हजार ३ सय ९६ र चापागाईँले २३ हजार ६ सय ३१ मत प्राप्त गर्नुभयो । उपमेयरमा नेकपा एमालेकी जगेश्वरीदेवि चौधरी विजयी हुनुभएको छ ।
उहाँले २३ हजार ८६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार ५ सय ४६ मत ल्याउनुभयो । मेयरमा निर्वाचित रामकृष्ण खाण गृहमन्त्री बालकृष्ण खाणका भाइ हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।