उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
रुकुम पूर्व - रुकुम पूर्वको सिस्ने गाउँपालिका-१ ठूलासिस्ने गाउँमा बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । टावर सञ्चालनमा आएपछि सिस्ने टेलिफोनको सम्पर्कमा जोडिएको छ ।
ठूलासिस्ने लेकमा बनाइएको टावर सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । साविकको सिस्ने गाविस रहेको यो वडामा यसअघिसम्म फोन सम्पर्क हुँदैन्थ्यो ।
गएकाे शनिवारदेखि टावर सञ्चालनमा आएपछि सहज भएको पाखापानीका तेजेन्द्र बीसीले जानकारी दिनुभयो । टावर सञ्चालनमा आएपछि सबैतिर फोन लागिरहेको उहाँले बताउनुभयो । फोनको टावर बनेर पनि सञ्चालनमा नआउँदा फोन गर्न नै अर्को वडा जानुपर्ने बाध्यता अब हटेको छ ।
टावरले अहिले वडाका सबै ठाउँमा काम गर्न थालेको छ । वडाध्यक्ष मानबहादुर बुढाले वडाका सबै घरधुरीमा सहजै फोनकाे पहुँच पुगेको जानकारी दिनुभयो । वडामा पाँच सय ४१ घरधुरी छन् । सबैमा फोन चलेको वडाध्यक्ष बुढाले बताउनुभयो ।
टावरबाट फोर जी सेवा समेत सञ्चालनमा भएको छ । यसले पनि नागरिकलाई सजिलो भएको छ । दुर सञ्चार कार्यालय रुकमु पूर्वका प्रमुख चन्दन यादवले ढिलै भए पनि सिस्नेको टावर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
लामो समयदेखिको गुनासो सम्बोधन गरिएको उहाँको भनाइ छ । टावर बनेका तर सञ्चालनमा आउन नसकेका जिल्लाका अरु टावर पनि अब छिट्टै सञ्चालनमा आउने यादवले बताउनुभयो ।
यसअघि पुथाउत्तरगङ्गा गाउँपालिका-४ अर्जलमा बनाएको टावर पनि सञ्चालनमा आएको थियो । त्यही गाउँपालिका-१३ को विर्गुममा रहेको टावरबाट पनि नेपाल टेलिकमले फोर जी सेवा सञ्चालन गराएको जानकारी दिएको छ । यसअघि टावरबाट फोन सम्पर्क मात्रै हुने गरेकामा अब इन्टरनेट चलाउन पनि सजिलो भएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।