श्रीलङ्काले अर्को महिनादेखि इन्धनमा साप्ताहिक कोटा छुट्याउने

 जेठ २९, २०७९ आइतबार १७:३४:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : डब्ल्यूएफपी एसिया प्यासिफिक

श्रीलङ्काले अर्को महिनादेखि इन्धनमा साप्ताहिक कोटा छुट्याउने भएको छ । विदेशी मुद्रा अभावका कारण पेट्रोलियम पदार्थ आयात गर्न नसकिरहेको श्रीलङ्काले इन्धनको आयातलाई नियन्त्रण गर्नका लागि साप्ताहिक कोटा निर्धारण गर्न लागेको श्रीलङ्काका ऊर्जामन्त्री कंचना विजयशेखरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । 

विद्युत र खाना पकाउने ग्यासको अभावका कारण अहिले श्रीलङ्कामा पेट्रोलियम पदार्थको माग अत्यधिक बढेको छ । सीमित पम्पबाट उपलब्ध गराइएको पेट्रोलियम पदार्थ किन्न मानिसहरू घण्टौँ लाइन बस्ने गरेका छन् । 

अब सबै ग्राहकको नाम पेट्रोल पम्पमा दर्ता गरेर साप्ताहिक कोटाअनुसार मात्रै उपलब्ध गराइने र कस्ता ग्राहकलाई कति उपलब्ध गराउने भन्नेबारे छलफल भइरहेको मन्त्री विजयशेखरले बताउनुभएको छ । उहाँले अब देशको आर्थिक अवस्था सुधारिएर सही ठाउँमा नआएसम्म इन्धनमा साप्ताहिक कोटा कायम रहने पनि बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । आर्थिक सङ्कटका कारण श्रीलङ्कामा इन्धन, खाद्यन्न तथा औषधिको अभाव छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया