नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - आज दिउँसाे वाग्मती, गण्डकी र प्रदेश-१ का धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसाे हल्कादेखि मध्यम वर्षाको सम्भावना भए पनि राति भने ठूलो पानी पर्ने अनुमान छ ।
राति प्रदेश-१, मधेस प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा आज पनि मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना छ । अहिले चार प्रदेश वाग्मती, गण्डकी, मधेस र प्रदेश-१ मा मनसुनी प्रणाली सक्रिय छ ।
अन्य प्रदेशमा भने आंशिक मात्र प्रभाव रहेकाले ती प्रदेशमा खासै पानी पर्न सकेको छैन । धनगढी, बर्दिया, सुर्खेत र रुपन्देहीमा हल्कादेखि मध्यम वर्षा भए पनि मनसुन फैलिनसकेकाले अन्य ठाउँमा गर्मी बढेको मौसमविद्ले बताएका छन् ।
यसैबीच, देशको पूर्वी क्षेत्रमा लगातारजसो वर्षा भइरहेकोले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन समेत आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।