नेपाली विद्यार्थीका लागि बेलायत असहज बन्दै, काम र कोठाका लाग...
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं – तपाईँ स्नातक तहको अध्ययन पूरा गरेर पनि बेरोजगार हुनुहुन्छ ? या विदेशमा सिकेको सीपले देशमै केही गर्ने विचार छ ?
काम गर्ने जाँगर र सीप छ तर पैसा नभएर तनावमा हुनुहुन्छ भने अब सस्तो ब्याजदरमा ऋण पाइन्छ । अर्थ मन्त्रालयले विभिन्न ७ वटा शीर्षकमा सहुलियत ऋण दिने कार्यविधि तयार पारेको छ । मन्त्रिपरिषद्ले कार्यविधि पारित गरेकाले आइतबार नै निवेदन दिन सकिने छ ।
कार्यविधि अनुसार स्नातक पास गरेकाहरुले सहुलियत (बैंकको आधारदरको २ प्रतिशत नबढ्ने गरी) ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाउनेछन् । तर १८ वर्ष पूरा भएर ४० वर्ष ननाघेको हुनुपर्नेछ । यसको लागि आफूले गर्ने कामको विवरणसहित राष्ट्र बैंकका मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्नेछ । यस्तै प्यान नम्बर लिएको र कालो सूचीमा नपरेको हुनुपर्नेछ ।
सरकारको मान्यताप्राप्त संस्थाबाट ७ दिनको तालिम लिएका युवाले प्रमाणपत्रसहित निवेदन पेश गरेमा ५ वर्षको लागि सहुलियत ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाइनेछ ।
यस्तै विदेशबाट फर्किएका युवाहरुलाई पनि सहुलियतमा ऋण दिनको लागि कार्यविधिले व्यवस्था गरेको छ । विदेशबाट फर्किएकाहरुले विदेशमा सिकेको सीपका आधारमा नेपालमा उद्यम गर्न चाहेमा सहुलियत ब्याजदरमा १० लाख रुपैयाँसम्मको ऋण पाउने पनि अर्थ मन्त्रालयले व्यवस्था गरेको छ । विदेशमा ६ महिना सीपयुक्त काम गरेको र विदेशबाट फर्केको ३ वर्ष ननाघेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
जुन बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजदरमा ७ लाख रुपैयाँ लगानी गरेको हुन्छ, त्यसको सुरक्षा सरकारले गर्छ ।
कर्जा सुरक्षण कोषले ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्थाको कर्जाको सुरक्षा गर्ने अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
यस्तै ऋण लिनेले जे व्यवसाय या उद्यम गरेको छ, उसको पनि व्यवसायको पनि बीमा गर्ने कार्यविधिमा उल्लेख छ । कुनै कारणले व्यापार व्यवसाय डुबेमा उसले बीमाबाट त्यसको क्षतिपूर्ति पाउनेछ ।
अर्थ मन्त्रालयले पहिले नै भएको पशुपालन व्यवसाय कर्जालाई केही नयाँ प्रावधानसहित फेरि लागू गर्नेछ । यसको लागि पनि कार्यविधि बनिसकेको छ । यसमा ५ करोड रुपैयाँसम्म सहुलियतमा ऋण पाइने छ ।
यस्तै महिलाले सामूहिक रुपमा उद्यम गर्न चाहेमा १५ लाख रुपैयाँसम्म ऋण पाउने छन् । यस्तै दलित समुदायले केही व्यवसाय गर्न चाहेमा सहुलियत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण पाउनेछन् ।
पढ्न मन भएका तर पैसा नभएर पढ्न नपाएका विपन्न समुदायका युवाहरुले शैक्षिक ऋण पाउनेछन् । यसको पनि कार्यविधि बनिसकेको छ । प्लस टु पास गरेका विपन्न समुदायका युवाले सहुलियत ब्याजदरमा ५ लाख रुपैयाँसम्म ऋण पाउनेछन् ।
र भूकम्प पीडितले पनि सहुलियत ब्याजदरमा ३ लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन् । सरकारले दिएको ३ लाख रुपैयाँ अनुदानले घर बनाउन नपुगेको वा केही इलम गर्न चाहनेले यो ऋण पाउनेछन् ।
अर्थ मन्त्रालयले ७ प्रकारका सहुलियत ऋणको व्यवस्था गरे पनि कुनै पनि व्यक्तिले दोहोरो ऋण नपाउने जनाएको छ ।
‘कोही स्नातक तह पास गरेर विदेश गएकी दलित महिला रहेछिन अनि उनको भूकम्पले घर पनि भत्किएका रहेछ भने उनले त अनेक हिसाबबाट ५ र ६ वटा शीर्षकमा सुहलियत ऋण लिन सक्ने खतरा हुन्छ, त्यसैले हामीले एउटा शीर्षकमा ऋण दिएपछि अर्को शीर्षकमा नदिने कुरा कार्यविधिमै उल्लेख गरेका छौँ’, अर्थ मन्त्रालयका सहसचिव खत्रीले स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।
Dipak prasad poudel
Oct. 1, 2018, 5:43 a.m.म पशुपालनलाई व्यावसायिक रुपमा अगाडि बढाउन चाहन्छु ..मसंग स्नातक पास भएको सर्टिफिकेटछ /अब म कहाँ सम्पर्क गरुं ? प्रक्रिया जान्न पाए आभारी हुने थिएँ / हाल म यु ए इ मा रोजगारीको सिलसिलामा रहेको छु /
Binod Ram
Sept. 29, 2018, 6 p.m.This is good for me and every young star who can do good job for living quality of life.
Prakash pokhrel
Sept. 26, 2018, 1:30 p.m.खासमा यो कसरी र कहाँवाट पाउन सकिन्छ ? त्यति आइडिया भएन, सम्पर्क नम्वर पाउन सकिन्छ कि ?
KHADGA RAJ JOSHI
Sept. 23, 2018, 2:45 p.m.सरकारले सस्तो व्याजमा रिर्ण दिने कार्यवीधि पास गर्यो युवाहरू लाई रोजगारिको अवसर मिल्नेछ तर सौलीयत व्याज भनेको कति हो प्रतिशत खुलाई दिए अझैं राम्रो हुने थियो