शिन्जाे आबेकाे निधनमा नेपालले शनिवार राष्ट्रिय शाेक मनाउने

 असार २४, २०७९ शुक्रबार १९:५८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा नेपाल सरकारले भाेलि शनिवार राष्ट्रिय शाेक मनाउने निर्णय गरेकाे छ । 

आज शुक्रवार बसेकाे मन्त्रिपरिषद् बैठकले आबेकाे निधनप्रति दुःख व्यक्त गर्दै शनिवार राष्ट्रिय शाेक मनाउने निर्णय गरेकाे हाे । आबेमाथि भएकाे गाेली प्रहारलाई नेपालले घाेर भर्त्सना पनि गरेकाे छ ।  

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतले आबेकाे निधनप्रति दुःख व्यक्त गर्नुभएकाे थियाे । 

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियाे ।  गाेली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेकाे उपचारका क्रममा निधन भएकाे हाे । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया