उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ ।
प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताउनुभएको हो ।
विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उहाँको भनाइ छ । राष्ट्रपति भवन कब्जामा लिएका प्रदशर्नकारीले राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा नआएसम्म त्यहाँबाट नहट्ने अडान दोहोर्याएका छन् ।
प्रदर्शनकारीले सरकारी निवास कब्जामा लिएपछि बेपत्ता भएका राष्ट्रपति राजपाक्षे कहाँ हुनुहुन्छ भन्ने अझैसम्म थाहा छैन् । यस्तै, राष्ट्रपति निवासमा करोडौँ रुपैयाँ भेटिएको दाबी गरिएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवनमा करोडौँ रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् ।
बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ । अनुसन्धान अधिकारीले तथ्य जाँचपछि मात्रै यसबारे भन्न सकिने बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।