उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजपाक्षेको राजीनामा स्वीकृत भएको छ । श्रीलङ्काका सभामुख महिन्दा यापा अबेवर्दनाले राजपाक्षेको राजीनामा स्वीकृत भएको बताउनु भएको छ ।
सभामुख अबेवर्दनाले अब प्रधानमन्त्री रनिल विक्रमासिङ्घे अन्तरिम राष्ट्रपति बन्ने र आज उहाँकाे शपथ ग्रहण हुनसक्ने बताउनु भएको छ । यस्तै, नयाँ राष्ट्रपतिको चुनावका लागि भोलि संसद् बैठक आह्वान गरिएको पनि उहाँले बताएका बीबीसीले जनाएको छ ।
सभामुखले आन्दोलनकारीलाई संयमित र शान्त हुन पनि आग्रह गर्नु भएको छ । यसैबीच, श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरसिङ्घेले देशमा स्थिर सरकार नबने श्रीलङ्का असफल राष्ट्र बन्ने चेनावनी दिनु भएको छ ।
पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्ति गर्न नसक्ने अवस्थामा देश असफल हुने भन्दै गभर्नर वीरसिङ्घेले तत्काल स्थिर सरकार र चुस्त प्रशासन पुनर्बहाली गर्नेतर्फ राजनीतिक कर्मीहरूको ध्यान जानुपर्ने बताउनु भएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।