उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
श्रीलङ्काकाे सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएकाे बीबीसीले जनाएकाे छ ।
बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने प्रयास गर्नुभएकाे थियाे तर विमानस्थलका कर्मचारीले उहाँले विमानसम्म जान दिएका थिएनन् । त्यसपछि श्रीलङ्काकाे सर्वाेच्च अदालतले दुवै नेतालाई जुलाई २८ सम्म देश छाडेर जान प्रतिबन्ध लगाएकाे हाे ।
यसअघि श्रीलङ्काका पूर्वराष्ट्रपति गाेटाबाया राजापाक्षे देश छाडेर सिङ्गापुर पुगिसक्नुभएकाे छ । उहाँले सिङ्गापुरबाटै इमेलकाे माध्यमबाट राजीनामा दिनुभएकाे छ ।
सिङ्गापुर सरकारले गाेटाबाया राजापाक्षे त्यहाँ आइपुगेपछि लागेकाे आराेपहरूकाे खण्डन गर्नका लागि स्पष्टीकरण नै जारी गरेकाे छ । राजापाक्षेलाई कुनै राजनीतिक शरण दिएकाे नभइ उनी व्यक्तिगत भ्रमणका क्रममा त्यहाँ आइपुगेका जनाएकाे छ ।
यसैबीच श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिकाे रूपमा शपथ लिनुभएकाे छ । अन्तरिम राष्ट्रपति पदकाे शपथ लिँदै रनिल विक्रमासिङ्घेले दुई वटा महत्त्वपूर्ण घाेषणा गर्नुभएकाे छ । राष्ट्रपतिलाई सम्बाेधन गर्न ‘महामहिम’ शब्द निषेधित गरेकाे र राष्ट्रपतिकाे झण्डा हटाउने निर्णय गरेकाे उहाँले विज्ञप्तिमा भन्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।