नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
गुल्मी – एक वर्ष बितिसक्दा पनि वन्यजन्तुको आक्रमणबाट भएको क्षति वापतको राहत रकम डिभिजन वन कार्यालय गुल्मीले किसानहरुलाई अझै उपलब्ध गराएको छैन ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोश्रो संसोधन २०७४) बमोजिम पीडितले पशुधन क्षतिवापत राहत पाउने व्यवस्था गरिएको छ । तर गुल्मी जिल्लाका १२ जना किसानहरुले भने गएको आर्थिक वर्षको राहत रकम अझैसम्म नपाएको गुनासो गरेका छन् ।
गएको आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट गुल्मीका १२ जना किसानहरुका घरपालुवा जनावरहरुमा क्षति पुगेको थियो । क्षतिवापत घटनाको प्रकृति हेरी डिभिजन वन कार्यालयले प्रति घरपालुवा जनावरको पाँच हजारदेखि ३० हजार रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने प्रावधान रहेको छ ।
डिभिजन वन कार्यालय गुल्मीका प्रमुख कृष्णराज न्यौपानेका अनुसार पशु धनको क्षतिवापतको राहत रकम साविकको पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय पोखराबाट जिल्ला वन कार्यालयको खातामा जम्मा भएको छ तर खर्च निकासा भएको छैन् । खर्च निकासा नहुँदा पीडितहरुलाई राहत वितरण गर्न ढिलाई भएको उहाँले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय गुल्मीको तथ्यांक अनुसार गुल्मी जिल्लामा सबैभन्दा बढी चितुवाको आक्रमणबाट पशुचौपायामा क्षति पुगेको छ । गुल्मीका सातवटा स्थानीय तहहरुमध्ये गुल्मी दरबार र चन्द्रकोट गाउँपालिकाका किसानहरु चितुवाको आतंकबाट बढी प्रभावित भएको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।