उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिरमा बन्न लागेको केबलकार निर्माण रोक्न भन्दै सर्वाेच्चमा मुद्दा विचाराधीन हुँदाहुँदै पनि फुङलिङ नगरपालिकाले केबलकार निर्माणका लागि म्याद थपेको छ ।
नगरपालिकाले केबलकार बनाउन म्याद थपेको भन्दै किँरात याक्थुङ चुम्लुङ जिल्ला समितिले आपत्ति जनाएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समिति नै बनाएर सङ्घर्षको समेत घोषणा गरिएको छ । समितिले ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी दिएको हो । ‘विगतमा हामीले राखेका पाँच बुँदे मागको सम्बोधन नभइ केबलकार निर्माणको परिकल्पनासम्म गर्न सकिँदैन’, किराँत याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्वोले भन्नुभयो ।
आन्दोलनरत सङ्घ–संस्थाको माग र विचारलाई बेवास्ता गर्दै नगरपालिकाले केबलकार बनाउने कम्पनीको कार्य अवधि थप गरेको अध्यक्ष मेन्याङबोले बताउनुभयो । अदालतमा मुद्दा रहँदा रहँदै पनि नगरपालिकाले किन म्याद थप गरेको भनी उहाँले प्रश्न गर्नुभयो ।
सङ्घर्ष समिति तथा याक्थुङ चुम्लुङले मुकुम्लुङ क्षेत्रमा कुनै पनि निर्माण कार्यका लागि कम्पनीसँग गरेको सम्झौता खारेज गर्नुपर्ने, रैथाने याक्थुङ लिम्बूहरूको संस्कृतिककाे संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गर्दै आएको छ ।
पाथीभरा देवीदर्शन केबुलकार प्रालिले भने पाथीभरा क्षेत्रमा झन्डै तीन अर्ब रुपैयाँको लगानीमा केबलकार निर्माण प्रक्रिया थाल्ने बताउँदै आएको छ ।
असार २९ गतेको कार्यपालिका बैठकले केबलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । असार ३० गते पाथीभरा माता केबलकार कम्पनीको म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।