गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
चितवन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदै गरेको सङ्घीय र प्रादेशिक चुनावमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तालमेल के का लागि हो पहिले नै टुङ्गो लाग्नुपर्छ भन्नुभयो । महामन्त्री थापाले चुनावपछि र अगाडिको तालमेल असफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तालमेल के का लागि, जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ ।’ तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उहाँले स्पष्ट पार्नुभयो ।
महामन्त्री थापाले आउँदो चुनावका लागि गरिने तालमेलमा न्यूनतम समझदारी बन्नुपर्छ भन्नुभयो । निर्वाचनअघि गरिने तालमेल दलहरूका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यी कुरामा समझदारी हुँदैन भने तालमेल नगरेकै राम्रो ।’ न्यूनतम समझदारी नबनी तालमेल गर्दा चुनाव जितिसकेपछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने उहाँको भनाइ छ । ‘तालमेलमा रहेका दलहरूमा खाली सिटको बाँडफाँट हुने । चुनाव जित्ने कुरालाई मात्रै ध्यान दिने, चुनाव जितिसकेपछि आ–आफ्नो मत रहने हो भने सानो कुराको स्वार्थले पनि दुर्घटनामा पर्देरहेछ भन्ने कुरा नेपाल कम्युनिस्ट पार्टीको २०७४ सालको चुनावबाट देखेका छौँ’, महामन्त्री थापाले भन्नुभयो, ‘चुनावमा एउटा पार्टीले एक्लै लड्दा बहुमत ल्याउने अवस्था छैन ।’
नेपाली कांग्रेस त्यसतर्फ सचेत रहँदै बहुमत ल्याउनका लागि तालमेल आवश्यक रहेको उहाँले बताउनुभयो । बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको उहाँको भनाइ थियो । नागरिकसँग गरेका वाचा पाँच वर्षमा पूरा गर्नका लागि कांग्रेसलाई बहुमत आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो ।
फरक प्रसङ्गमा महामन्त्री थापाले पार्टी सभापतिलाई बलियो बनाउँदै विधिसम्मत पार्टी चलाउन आफूहरूको दबाब रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।