उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
मानव रेखदेख र स्याहार सुसारमा रहेको संसारकै सबैभन्दा बूढाे पान्डा ३५ वर्षको उमेरमा मरेकाे छ । एन एन नामको यो पान्डा मानव आयुका हिसाबले एक सय पाँच वर्ष बाँच्यो । पान्ड ब्रिडन (प्रजनक) का अनुसार पान्डाको एक वर्षको उमेर मानव उमेरको तीनदेखि चार वर्ष बराबर हुन्छ ।
विगत केही हप्तायाता एनएनको स्वास्थ्य बिग्रँदै जाँदा उसले हिँडडुल गर्न मात्र छाडेन, चारोसमेत खाएन । यहाँको ओसन पार्कले एनएनको स्मृतिमा उसकै खोरमा शोक पुस्तिका राख्ने भएको छ । एनएनलाई उसको चलाखी र चञ्चलताका निम्ति क्लबले सधैँ सम्झिइरहने बताएको छ ।
संसारमा सबैभन्दा लामो समय जीवित रहेको जियाजिया नामको पोथी पान्डासँगै ११ मार्च १९९९ मा पार्कमा ल्याइएको एनएन चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानबाट ल्याइएको थियो । सन् २०१६ मा ३८ वर्षको उमेरमा जियाजियाको मृत्यु भएपछि एनएनले एक्लै महसुस गरेको थियो ।
बेलायतले हङहङलाई मुख्य भूमि चीनसमक्ष हस्तान्तरण गरेको अवसर पारेर पान्डा संरक्षण तथा अनुसन्धान केन्द्रबाट केन्द्र सरकारले हङकङ विशेष प्रशासन क्षेत्रलाई विशाल पान्डा अध्ययन–अनुसन्धानका निम्ति प्रदान गरेको थियो ।
प्राकृतिक वासस्थानमा पान्डाको औसत आयु २० वर्षको हुने गरेको छ भने मानव स्याहार पाउँदा थप १० वर्ष बाँच्न सक्ने अध्ययनले देखाएको छ । पर्यावरणीय सन्तुलन एवम् जैविक विविधता कायम गर्न पान्डा उपयोगी जनावर हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।