रुसले नोर्ड स्ट्रिम–१ पाइप लाइनबाट युरोपलाई ग्यास दिन थाल्यो, युरोपेली देशलाई राहत

 साउन ५, २०७९ बिहीबार १५:२५:४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले बन्द गरेको १० दिनपछि मुख्य पाइप लाइनबाट युरोपमा ग्यास निर्यातलाई निरन्तरता दिएको छ । मर्मत गर्ने भन्दै रुसको मुख्य ग्यास कम्पनी गाजप्रोमले मुख्य पाइपलाइन नोर्ड स्ट्रिम १ मार्फत हुने ग्यास निर्यात १० दिनदेखि रोकेको थियो ।  

गाजप्रोमले आज बिहीवार युरोपमा ग्यास निर्यात सुरु गरेको बीबीसीले जनाएको छ । तर पाइप लाइनको क्षमताको ४० प्रतिशत ग्यास मात्रै रुसले युरोपमा पठाइरहेको खबरमा उल्लेख छ । रुसले मर्मतका लागि नोर्ड स्ट्रिम १ मार्फत ग्यास निर्यात रोकेपछि युरोपेली देशले रुसलाई इन्धनमा राजनीति गरेको आरोप लगाउँदै रुसको ग्यास प्रयोगमा सात महिनाभित्रमा १५ प्रतिशतले कम गर्ने चेतावनी दिएका थिए । 

गएकाे वर्ष रुसले युरोपमा माग हुने ग्यासको ४० प्रतिशत हिस्सा ओगटेको थियो । तर गएको फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको विरोधमा युरोपेली देशले रुसी ग्यासमाथिको निर्भरता कम गर्ने प्रयास गरिरहेका छन् । जर्मनीले ग्यासमा रुसमाथिको निर्भरतालाई ५५ प्रतिशतबाट ३५ प्रतिशतमा झारिसकेको छ । युरोपका अरू देशले पनि बिस्तारै रुसी इन्धनमाथिको निर्भरता कम गर्न वैकल्पिक उपायको खोजी गरिरहेका छन् । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया