अफगानिस्तानमा सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने

 साउन ७, २०७९ शनिबार १७:७:५५ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानमा तालिबान सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने भएको छ । तालिबान सरकारले नयाँ आदेश जारी गर्दै कुनै पनि प्रमाणविना तालिबान सरकारका अधिकारी, सेना र सरकारी कर्मचारीमाथी आरोप लगाएमा दण्डनीय अपराध मानिने उल्लेख भएको भारतीय एनडीटीभीले जनाएको छ ।

प्रमाणित नभएका विषयमा हाउभाउ, शब्द या कुनै पनि किसिमले सरकारको आलोचना गर्न नपाइने आदेशमा उल्लेख छ । तालिबानका   सर्वोच्च नेता हेबतुल्लाह अखुन्जादाको आदेश उल्लेख गर्दै प्रवक्ता जबिउल्लाह मुजाहिदले भन्नुभएको छ, ‘नयाँ आदेश पालना गर्न सबै अफगानिस्तानीको कर्तव्य हुने छ, सञ्चारमाध्यमले पनि अप्रमाणित विषयमा सरकारको आलोचना गरिएका सामग्री प्रकासन/प्रसारण गर्न पाइने छैन ।’

अफगानिस्तानमा महिला अधिकार र बालिकाको शिक्षामा बन्देज लगाइएको बारे विज्ञहरुले सरकारको आलोचना गर्दै आएका छन्, अब यस्ता आलोचना पनि गर्न पाइने छैन । तालिबान सरकारले अहिले पनि सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेको भन्दै केही व्यक्तिलाई पक्राउ गरिरहेको मानवअधिकार संगठन र सञ्चारमाध्यमका गोप्य रिपोर्टमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया