गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई चुनाव जिताउन मात्र नभएको बताउनुभएको छ । उहाँले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाले आज मङ्गलवार बनेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धन नेतालाई चुनावमा जिताउन मात्रै नभइ देशलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताउनुभएको हो ।
‘गठबन्धन देशको आवश्यकता हो, गठबन्धनको निर्माणपछि संविधान र लोकतन्त्रको रक्षा भइ देश विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ’, सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भन्नुभयो । उहाँले आउँदा दिनमा गठबन्धन कायम राख्दै आउँदो चुनाव प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा अगाडि बढिरहेको बताउनुभयो ।
मन्त्री कार्कीले निर्वाचनपछि पनि गठबन्धनको साझा अवधारणाअनुरूप अगाडि बढेर देश स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने दोहोर्याउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानको रक्षा, देशमा कानुनी शासनको प्रत्याभूति र सुशासनलाई यो सरकारले आफ्नो प्रमुख कार्यभारको रूपमा अङ्गिकार गर्दै देशलाई त्यही दिशातर्फ अघि बढाएको छ ।’ देशलाई राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिको दिशामा देशलाई लैजान यो सरकार गठन भएको उहाँको जिकिर थियो ।
गठबन्धनको चुनावी तालमेल कार्यदलले के के गर्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री कार्कीले कार्यदलको बैठक सुरु भइ सकारात्मकरूपमा अघि बढेकाले कार्यदलले कसरी, कुन कुन पार्टीलाई एकजुट बनाएर लैजाने भन्ने छलफल गरेर छिट्टै शीर्षस्थ नेतृत्वलाई प्रतिवेदन दिन्छ भन्नुभयो ।
मन्त्री कार्कीले देश पालिका चुनाव सम्पन्न गरी प्रदेश र प्रतिनिधि सभाको चुनाव उन्मुख भएको उल्लेख गर्दै त्यस चुनावले लोकतन्त्रको जगलाई अझ बलियो बनाएको दाबी गर्नुभयो । उहाँले पालिका चुनावमा झैँ शान्तिपूर्ण, निष्पक्ष र निर्भय ढङ्गले आउँदो मङ्सिर ४ गते सम्पूर्ण नागरिकले स्वतन्त्र, निष्पक्ष र निर्भयताका साथ मतदानमा भाग लिनु हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले फरक प्रसङ्गमा नेपाल दक्षिण एसियामा नै कोभिडविरुद्धको खोपमा अग्रणी देशका रूपमा स्थापित भएको बताउनुभयो । कार्यक्रम युनियनका जिल्लाध्यक्ष नगेन्द्र अधिकारीको सभापतित्वमा भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।