गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले केन्यासँगको टी–२० र एकदिवसीय क्रिकेट शृङ्खलाका लागि टिमको घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो ।
टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि समावेश छन् । विनोद भण्डारी र कुशल भुर्तेल भने टिममा परेका छैनन् । युवा विकेटकिपर अर्जुन साउद पहिलो पटक टिममा परेका छन् । नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव रहेका छन् । जितेन्द्र मुखिया, भीम सार्की, प्रतिस जीसी र हरिशंकर साह वैकल्पिकमा रहेका छन् ।
नेपालले यही अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यासँग पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खला खेल्दैछ । क्यानले हिजो मात्रै मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।