गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
अमेरिकी टेनिस स्टार खेलाडी सेरेना विलियम्सले सन्न्यासकाे घाेषणा गरेकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्रममा एक पाेस्ट शेयर गर्दै ४० वर्षीया विलियम्सले सन्नयासकाे घाेषणा गरेकी हुन् । आउँदाे महिना हुने यूएस ओपनमा खेलपछि सन्न्यास लिने योजना रहेको उनले बताएकी छन् ।
उनले इन्स्टाग्रममा लेखेकी छिन्, ‘जीवनमा एक समय यस्ताे आउँछ, जहाँ हामीले एक छुट्टै दिशामा अघि बढ्ने निर्णय लिनुपर्ने हुन्छ । आफूले निकै माया गर्ने कुरालाई छाेड्नुपर्दा त्याे समय सधैँ कठिन हुने गर्दछ ।’
महिला टेनिसकी स्टार खेलाडी सेरेना विलियम्सले २३ पटक ग्रान्ड स्लाम जितेकी छिन् । उनले आफ्नाे करियरमा ६ पटक त यूएस ओपन जितेकी छिन् । उनले सन् १९९९, २००२, २००८, २०१२, २०१३ र २०१४ मा यूएस ओपन जितेकी छिन् ।
पछिल्लाे केही समयदेखि उनी चाेट सहँदै आएकी थिइन् र टेनिस काेर्टमा पनि उनलाई फर्मले साथ दिइरहेकाे थिएन । आफ्नाे खराब फर्मका कारण लामाे समयदेखि उनकाे सन्न्यासबारे खबरहरू आइरहेकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।