बिहारमा आज गठबन्धन सरकार बन्ने, नितिश कुमारले मुख्यमन्त्रीकाे शपथ लिने सम्भावना

 साउन २५, २०७९ बुधबार ७:१८:२० | एजेन्सी
unn.prixa.net

भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएका जनता दल युनाइटेडका नेता नितिश कुमारले सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेस गर्नुभएको छ ।

आफूलाई समर्थन प्राप्त सात दलको महागठबन्धनमा स्वतन्त्रसहित १ सय ६४ जना विधायक रहेका भन्दै उहाँले राज्यपालसमक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आजै नितिशकुमारले मुख्यमन्त्री पदको शपथ लिने सम्भावना छ  ।

हिजो उहाँले जनता दल युनाइटेडका नेता तथा विधायकहरूसँगको बैठकपछि भारतीय जनता पार्टीसँगको साझेदारी अन्त्य गर्नुभएको थियो । भारतीय जनता पार्टीले भने गठबन्धन तोड्दै नितिशकुमारले दिएको राजीनामा बिहारका नागरिक र पार्टीबीच धोका भएको प्रतिक्रिया दिएको छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया