गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीका इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक/एक गोल गरे । बर्नमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे । जितसँगै सिटीले नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको छ ।
सिटीले २ खेलमा ६ अङ्क जोडेको छ । सिटी शीर्ष स्थानमा उक्लिएको छ । यस्तै आर्सनलले पनि लगातार दोस्रो जित निकालेको छ । लेस्टर सिटीलाई ४–२ गोलले हराउँदै आर्सनलले लगातार दोस्रो जित निकालेको हो। आर्सनलका गाब्रियल जिससले दुई गोल गरे । ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एक/एक गोल गरे ।
लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले एक/एक गोल फर्काए । जितसँगै आर्सनलले २ खेलमा ६ अङ्क जाेडेको छ । आर्सनल लिगको दोस्रो स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै साउथह्याम्पटन र लिड्स युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन् ।
ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलह्यामले गोलरहित बराबरी खेलेका छन् । हिजो भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई २–१ गोलले हराएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।