गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले राष्ट्रपतिलाई संस्थाको रूपमा नमानेको बताउनुभएको छ ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति व्यक्तिको रूपमा नभइ देशको सर्वोच्च संस्था, गणतन्त्रको प्रतीक र राजनीतिक प्रतिद्वन्द्वभन्दा माथिको संस्था भए पनि सरकार, सभामुख र गठबन्धनका नेताहरूले त्यसअनुसार व्यवहार नगरेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘मेरो विचारमा राष्ट्रपति देशको एउटा सर्वोच्च संस्था हो । गणतन्त्रको प्रतीक हो र राजनीतिक प्रतिद्वन्दीताभन्दा माथिको संस्था हो । आजको सत्तापक्षले, यो गठबन्धनले, सरकारले राष्ट्रपतिलाई संस्थाको रूपमा व्यवहार गरिराखेको छ कि छैन ? मैले हेर्दा संस्थाको रूपमा व्यवहार गरेको देखिराखेको छैन । राष्ट्रपतिले नागरिकताको विषयमा जुन प्रश्न उठाउनुभयो, सन्देश पठाउनुभयो, त्यसपछि जस्तो खालको व्यवहार सत्तापक्षले देखायो, यो असाध्यै गैरजिम्मेवार छ ।’
सदस्य भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले संस्थागत भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । सभामुख सापकोटा रिमोटबाट चलेको आरोप उहाँले लगाउनुभयो । सभामुखले गठबन्धनको निर्णय हुबहु कार्यान्वयन गराएको र संसदको गरिमा र महत्त्व घटाएको उहाँको भनाइ थियो । सभामुखको दायित्व सबैसँग समन्वय गर्नुपर्ने भए पनि त्यो दायित्व पूरा हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।