पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश : हङकङ ३८ रनमा अलआउट

 भदौ १८, २०७९ शनिबार ६:४०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो ।

पाकिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रनमा अलआउट भयो । हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । पाकिस्तानका शादब खानले ४, मोहमद नवाजले ३ विकेट तथा नासिम शाहले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा २ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवान र फकर जमानले अर्धशतकीय पारी खेले । रिजवानले अविजित ७८ तथा जमामले ५३ रन बनाए । हङकङका इशान खानले २ विकेट लिए । ६ देश सहभागि प्रतियोगितामा समूह ‘ए’ बाट पाकिस्तान र भारत तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन् । हङकङ र बंगलादेश बाहिरीएका छन् । सुपर चारमा यी चार वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया