एसिया कप क्रिकेट सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई हरायो

 भदौ १९, २०७९ आइतबार ६:४५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसिया कप टी–२० क्रिकेटको सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई  ४ विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । श्रीलङ्काका धनुष्का गुणाथिलकाले ३३ रन तथा भानुका राजपक्षेले ३१ रन जोडे ।

अफगानिस्तानका मुजिब उर रहमान, नविन उल हकले समान २/२ विकेट तथा राशिद खानले १ विकेट लिए । त्यसअघि यूएईको शारजाह क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।

अफगानिस्तानका गुरबाजले सर्वाधिक ८४ रन बनाए । श्रीलङ्काका दिलशान मदुशनकाले २ तथा असिथा फ्रेनान्डोले एक विकेट लिए । श्रीलङ्काले अब मङ्गलवार भारतसँग खेल्नेछ । आज भारत र पाकिस्तानबीच खेल हुनेछ ।

सुपर चारका खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।

सच्याइएकाे 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया