सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट उम्मेदवार सिफारिस

 भदौ १९, २०७९ आइतबार २०:५:११ | रासस
unn.prixa.net

फाइल तस्बिर

सिन्धुपाल्चाेक – सभामुख अग्निप्रसाद सापकोटा आउँदाे चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।

मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा १ नं क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सभामुख सापकोटा, फूलम तामाङ र माधव सापकोटा सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली, आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ, आदिवासी जनजातिबाटै पूर्णबहादुर तामाङ, दलितबाट गणेश विक र अल्पसङ्ख्यकबाट पार्वती थामी सिफारिस हुनुभएको छ ।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल, आदिवासी जनजातिबाट लालकान्छा तामाङ, आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ, दलितबाट राजु खाती, आदिवासी जनजातिबाट आशा गुरुङ शेर्पा र अल्पसङ्ख्यकबाट सुन्दर पहरी सिफारिस हुनुभएको छ ।

प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ अम्बिका नेपाल, चन्द्र सापकोटा, टिएन सापकोटा र प्रताप सि तामाङ सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट अमृता नेपाल, आदिवासी जनजातिबाट गोकर्णदास श्रेष्ठ, आदिवासी जनजातिबाट पदम श्रेष्ठ, दलितबाट सागर परियार, दलितबाट सुभाष सुन्दास र अपाङ्गबाट टीकाराम पराजुली सिफारिस हुनुभएको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया