१७ वर्षमुनिको साफ फुटबलमा नेपालले आज भुटानसँग खेल्दै

 भदौ २२, २०७९ बुधबार १२:१२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – श्रीलंकामा चलिरहेको पुरुष १७ वर्षमुनिको साफ फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल कोलम्बोको रेस कोर्स मैदानमा बेलुका ८ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो खेल खेल्न लागेको हो । भुटान गएको सोमबार भएको उद्घाटन खेलमा भारतसँग ३–० गोलले पराजित भएको थियो । त्यस्तै अर्को खेलमा बङ्गलादेशले श्रीलंकालाई ५–१ गोलले हराएर सुखद सुरुवात गरेको छ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङगलादेश, श्रीलंका र माल्दिभ्स सहभागी छन् । नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया