साफ १७ वर्षमुनिको च्याम्पियनसिप फुटबलमा भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

 भदौ २३, २०७९ बिहीबार ६:४३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साफ १७ वर्षमुनिको च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । श्रीलङ्कामा गएराति भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।

कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका उनेश बुढाथोकी र सिमान्त थापाले एक/एक गोल गरे । भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । सिमान्तले खेलको ५७औँ मिनेटमा गोल थपे ।

खेलको ६८औँ मिनेटमा भुटानका दोर्जीले एक गोल फर्काए पनि त्यसपछि गोल थप्न नसक्दा पराजित भयो । जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ । लगातार दुई खेल हारेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भुटान भारतसँग ३-० गोलले पराजित भएको थियो ।

अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेल भोलि भारतसँग खेल्नेछ । यो खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया