नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
धनुषा – शुक्रबार प्रदेश २ मा एकसाथ ५० हजार बिरुवा रोपेर हरित प्रदेश अभियान प्रारम्भ गरिएको छ । प्रदेश २ का आठ जिल्लामा शुक्रबार बिहानै मुख्यमन्त्री तथा मन्त्रीहरुको सहभागितामा विभिन्न प्रजातिका ५० हजार बिरुवा रोपेर अभियानको आरम्भ गरिएको हो ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा रहेको हरित प्रदेशको योजना कार्यान्वयन गर्न शुक्रबार प्रत्येक जिल्लामा ७ देखि ८ हजार बिरुवा रोपेर हरित प्रदेश अभियान प्रारम्भ गरिएको छ ।
पर्साको पर्सागढीमा रहेको रहेको सबैया साझेदारी वनमा भएको वृक्षरोपण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास राज्य मन्त्री डिम्पल झा सहभागी हुनुभएको थियो । यस्तै बाराको फेटा गाउँपालिकामा रहेको खैतारीमाई सामुदायिक वनमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, रौतहटको चन्द्रपुर नगरपालिका ६ मा रहेको दाबरी रंगपुर साझेदारी वनमा भएको वृक्षरोपणमा भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादव सहभागी हुनुभएको थियो ।
सर्लाहीको लालबन्दी नगरपालिकामा भएको वृक्षरोपणमा पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, महोत्तरीको मठिहानीमामा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, धनुषाको धनुषाधाम नगरपालिकामा रहेको धनुषाधाम संरक्षित वनमा भएको वृक्षरोपणमा आन्त्रिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सिरहाको लहान गरपालिका ३ मा रहेको बलान खोला सन्यासी सार्वजनिक वनमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सप्तरीको सुरुंगा नगरपालिकामा भएको वृक्षारोपण कार्यक्रममा आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव सहभागी हुनुभएको थियो ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा आठ वटै जिल्लामा भएको वृक्षरोपण कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेश सांसद, मन्त्रालयका मुख्य सचिव, सचिव, स्थानीय जनप्रतिनिधि , कर्मचारी लागायतको सहभागिता रहेको थियो । जिल्ला वन कार्यालयसँग रहेको बिरुवाहरु रोपिएको र आफ्नो निजी तथा पर्ती जग्गामा रोप्नको लागि सर्वसाधारण नागरिकलाई समेत वितरण गरको मन्त्रालयले जनाएको छ ।
शुक्रबार रोपिएको ५० हजार बिरुवाको १५ दिनसम्म निरन्तर रेखदेख, पानी सिञ्चित र अनुगमन गर्ने एवं विरुवा सुकेको ठाउँमा पुनः रोपिने पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री रामनरेश राय यादवले बतानउनुभयो ।
गएको सोमबार बसेको प्रदेश २ मन्त्री परिषद बैठकले असोजले हरित प्रदेश योजना कार्यान्वयन गर्न असोज १२ गते आठ वटै जिल्लामा ५० हजार विरुवा रोप्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री लालबाबु राउतले गृहजिल्ला पर्साको पर्सागढी गाउँपालिकाको सबैया वनमा वृक्षारोपण गरेर हरित प्रदेश अभियानको शुभारम्भ गर्दै निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एवं विकासको नाममा रुख काट्न नमिल्ने बताउनु भएको छ ।
प्रदेश सरकार विकास विरोधी नभएको तर विकासको नाउँमा रुख कटान नहुने मुख्यमन्त्री राउतको भनाई छ । लाखौ रुख काटेपछि प्रदेशमा पर्यावरणीय संकट उत्पन्न हुने बताउँदै उहाँले यसतर्पm गम्भीर हुनुपर्ने आवश्यकक्ता औंल्याउनुभयो ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जंगल फडानी गरेर बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु आफूहरुलाई मान्य नहुने बताउनुभएको छ । धनुषाधाम संरक्षित वनमा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेश २ विपद् व्यवस्थापनबाट सबभन्दा बढी प्रभावित रहेकाले वातवरणीय विनास गरेर गरिने विकास आफूहरले कुनै पनि हालतमा स्वीकार नगर्ने बताउनुभयो ।
उहाँले विमानस्थल निर्माणका लागि प्रदेश सरकारले जग्गा उपलब्ध गराउन तयार रहेको बताउँदै उहाँले भन्नुभयो, ‘प्रदेश २ विपद व्यवस्थापनबाट सभबन्दा बढी प्रभावित प्रदेश हो । त्यसैले हामी समयमै सचेत भएर वातावरण संरक्षण गर्नुपर्छ ।’
निजगढमा साढे २४ लाख रुख बिरुवा काटेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु विकासको नाममा ठूलो विनास हुने र यसले आउँदो दिनमा विकराल रुप लिन मन्त्री यादवको भनाई छ ।
मधेसमा विकासको नाममा पटक पटक जंगलको विनास गर्ने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले अब प्रदेश सरकार यसका लागि गम्भीर रहेको बताउनुभयो । चुरे संरक्षणका लागि पनि प्रदेश सरकारले छिट्टै कदम उठाउने भन्दै वातावरण संरक्षण तथा सन्तुलनका लागि हरित प्रदेश योजना ल्याएको मन्त्री यादवले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bhakta bahadur bista
Sept. 28, 2018, 4:15 p.m.Good job