२० वर्षमुनिको एसिया कप फुटबल छनोटमा नेपालले आज भुटानसँग खेल्दै

 भदौ २५, २०७९ शनिबार ८:१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – २० वर्षमुनिको एसिया कप फुटबल छनोटमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल बहराइनको शेख अली बिन मोहमद अल खालिफा स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ । 

भुटानसँगको खेलमा नेपाल केही सहज अवस्थामा छ । २० वर्षमुनिको नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेकोले एसिया कपमा छनोट हुने आशा राखेको बताएका छन् । 

नेपाल रहेको समूहमा भुटानसँगै कतार, बहराइन र बङ्ग्लादेश छन्  । नेपालले सोमवार कतारसँग, विहीबार बहराइन र आउँदो हप्ताको आइतवार बङ्ग्लादेशसँग खेल्नेछ । समूह विजेता आउँदो वर्ष उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसिया कपमा छनोट हुनेछ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया