गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ ।
दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा भारतका लागि अञ्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै डाङमेई ग्रेसले दुई तथा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक/एक गोल गरे ।
भारतको यो लगातार दोस्रो जित हो । समूह ‘ए’ बाट भारत र बङ्गलादेश समान २/२ जितका साथ सेमिफाइनलमा पुगेका छन् । भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० गोलले हराएको थियो । बङ्गलादेशले आज भएको दोस्रो खेलमा पाकिस्तानलाई ६–० गोलले हरायाे ।
पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० गोलले हराएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा ‘बी’ मा नेपाल, श्रीलङ्का र भुटान रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।