गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - २० वर्षमुनिको एसियाकप फुटबल छनोटमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो ।
कतारको लागि मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले एक–एक गोल गरे । नेपालले एउटा आत्मघाती गोल उपहार पाएको हो । यस जितसँगै कतारले पहिलो खेलमा ३ अङ्क जोडेको छ ।
लगातार दुई खेलमा हार बेहोरेको नेपालले भने अङ्क जोड्न सकेको छैन । समूह 'बी' मा रहेको नेपाल समूहको पुछारमा रहेको छ । समूह 'बी' मा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बङ्गलादेश रहेका छन् । अब नेपालले भोलि आयोजक बहराइनसँग र अन्तिम खेल अर्को हप्ताको आइतवार बङ्गलादेशसँग खेल्नेछ ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।