गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज समूह 'ए' को समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा माल्दिभ्स र पाकिस्तान खेल्दैछन् । दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस्तै दोस्रो खेलमा बेलुकी साढे ५ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
सेमिफाइनलमा प्रवेश गरिसकेका भारत र बङ्गलादेशबीचको खेलले समूह विजेता र उपविजेता तय हुनेछ । समूह 'बी' बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।