भुटानलाई ८–० ले हराउँदै बङ्ग्लादेश साफ च्याम्पियनशिपकाे फाइनलमा

 भदौ ३१, २०७९ शुक्रबार १५:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भुटानलाई आठ–शून्य गाेलकाे फराकिलाे अन्तरले हराउँदै बङ्ग्लादेश साफ महिला च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे छ । 

दशरथ रङ्गशालामा आज शुक्रवार भएकाे पहिलाे खेलमा बङ्ग्लादेशलकाे जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन् । यस्तै मोसमत जाहान सोपना, श्रीमती कृष्णारानी सरकार र ताेहुरा खातुनले एक/एक गाेल गरे । 

याेसँगै बङ्ग्लादेश दाेस्राे पटक साफ महिला च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे छ । यसअघि सन् २०१६ मा फाइनलमा पुगेकाे बङ्ग्लादेश भारतसँग तीन–एक गाेलले पराजित भएकाे थियाे । 

यसैबीच आजै हुने दोस्रो सेमिफाइनलमा साविक विजेता भारत र नेपाल खेल्दैछन् । खेल दशरथ रङ्गशालामा बेलुकी साढे ५ बजे सुरु हुनेछ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया