गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले लेस्टर सिटीलाई ६–२ गोलको फराकिलो अन्तरले हराएको छ ।
घरेलु मैदानमा टोटनह्यामका लागि दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले ह्याट्रिक गरे । त्यस्तै ह्यारी केन, एरिक डाएर र रोड्रिगो बेन्टान्कुरले १/१ गोल थपे । लेस्टरका लागि युरी टिलेमान्स र जेम्स म्याडिसनले १/१ गोल गरे ।
लेस्टरले खेलको छैटौँ मिनेटमा टिलेमान्सको पेनाल्टी गोलमा अग्रता लिएको थियो । तर यो अग्रता २ मिनेट पनि रहेन । केनले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको २१औँ मिनेटमा डाएरले गोल गरी घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको ४१औँ मिनेटमा म्याडिसनले गोल गरी खेल २–२ को बराबरीमा ल्याए ।
टोटनह्यामले खेलको दोस्रो हाफमा ४ गोल थप्यो । ४७औँ मिनेटमा बेन्टान्कुरले गरे । त्यसपछि मैदान प्रवेश गरेका ह्युङ मिन सनले ७३औँ मिनेट, ८४औँ मिनेट र ८६ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । उनी १३ मिनेट २१ सेकेन्डको अन्तरमा ह्याट्रिक गर्न सफल भएका छन् । जितसँगै टोटनह्यामको ७ खेलमा १७ अङ्क भएको छ । टोटनह्याम अङ्कतालिकाको दोस्रो स्थानमा छ । पराजित लेस्टर ७ खेलमा १ अङ्ककासाथ पुछारमा छ ।
इङ्ग्लिस प्रिमियर लिगमा हिजो भएको अर्को खेलमा न्युक्यासल युनाइटेड र बर्नमाउथले एक/एक गोलको बराबरी खेलेका छन् । त्यस्तै म्यानचेस्टर सिटी उल्भ्सलाई ३–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनल तेस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।