नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको समुद्री तटमा फसेका १४ स्पर्म ह्वेल मरेका छन् । वन्यजन्तु अन्वेषकहरूले तास्मानिया राज्यको एक दुर्गम समुद्री तटमा यसैहप्ता एक दर्जन भन्दा धेरै ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेका जनाएका छन् ।
तस्मानियाको उत्तरी तटमा रहेको किङ आइल्याण्डमा १४ वटा ह्वेल फेला परेका थिए । वन्यजन्तु संरक्षण निकायका जीव वैज्ञानिक र पशु चिकित्सकले अनुसन्धान गर्न सानो टापुमा यात्रा गरेका छन् । तर, हवाई सर्वेक्षणका क्रममा अन्य ह्वेल फसेको फेला नपरेको अनुसन्धान टोलीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरुले फसेका ह्वेलको उद्धार कार्यमा केही ढिलासुस्ती भएकोतर्फ चिन्ता जनाएका छन् ।
सन् २०२० मा पश्चिम तस्मानियामा ४ सय ७० ह्वेल फसेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।