बङ्ग्लादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा

 असोज ६, २०७९ बिहीबार १७:३६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बङ्ग्लादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले नयाँ र पुराना खेलाडीलाई समेटेर २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

यसअघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमबाट निकालेका खेलाडीसमेत बङ्ग्लादेशसँगको खेलका लागि टिममा परेका छन् । सुनिल बल, आयुष घलान र नवयुग श्रेष्ठ भने टोलीमा परेका छैनन् । ऋतिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की रहेका छन् ।

यस्तै रक्षकमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रञ्जित धिमाल टोलीमा अटाएका छन् । मिडफिल्डरमा तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ र सुदीप गुरुङ तथा फरवार्डमा विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट र आशिष चौधरी रहेका छन् ।

नेपालले असोज ११ गते दशरथ रङ्गशालामा बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया