यूईएफए नेसन्स लिगमा इटलीसँग पराजित इङ्ग्ल्यान्ड रेलिगेसनमा

 असोज ८, २०७९ शनिबार १२:१४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए नेसन्स लिगमा इटलीसँग पराजित हुँदा इङ्ग्ल्यान्ड रेलिगेसनमा परेको छ ।

समूह चरण अन्तर्गत गएराति मिलानोमा भएको खेलमा इटलीले इङ्ग्ल्यान्डलाई १–० गोलले हरायो । घरेलु टोली इटलीका लागि जियाकोमो रास्पाडोरीले खेलको ६८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

इटलीसँग हारेपछि इङ्ग्ल्यान्ड लिग ‘ए’ बाट लिग ‘बी’ मा घटुवा भएको छ । यो समूहको अर्को खेलमा हङ्गेरी जर्मनीलाई १–० ले हराउँदै शीर्ष स्थानमा छ । हङ्गेरी १० अङ्ककासाथ शीर्षस्थानमा, इटली ८ अङ्ककासाथ दोस्रो, जर्मनी ६ अङ्ककासाथ तेस्रो तथा इङ्ग्ल्यान्ड २ अङ्ककासाथ पुछारमा छ। 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया