नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
बैतडी – दसैँ आउनै लाग्दा समेत बैतडीका विभिन्न कार्यालयका कर्मचारीहरुले तलब पाउन सकेका छैनन् ।
प्रदेश मातहत आएका कार्यालयहरुबाट तलब पाउन नसकेको कर्मचारीहरुले बताएका छन् । गएको साउनदेखि अहिलेसम्म तलब नपाएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त कार्यालय प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।
साविकको जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरुले तलब पाउन नसकेको उहाँले बताउनुभयो । तलबकै विषयमा बुझ्न आफू धनगढी पुगेको र अहिले तलब निकासा हुने छाँटकाँट नदेखिएको उहाँको भनाई थियो ।
दसैँको मुखमा तलब नपाउने चिन्तामा रहेको कृषि ज्ञान केन्द्र बैतडीका जेटीए महेश अवस्थीले बताउनुभयो । यस्तै प्रदेश सरकार मातहत स्थापना भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीहरुले पनि गएको साउनदेखि तलब नपाएको त्यस कार्यालयका पशु प्राविधिक बिसनसिंह बिष्टले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयका कर्मचारीहरुले पनि साउनदेखि तलब नपाएको डिभिजन वन अधिकृत प्रभात सापकोटाले बताउनुभयो । चाडपर्वको समय नजिक आए पनि तलब पाउने छाँटकाँट नदेखिएपछि कर्मचारीहरु चिन्तित बनेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बालकृष्ण गुरुङ
Sept. 30, 2018, 7:39 a.m.म पर्सा जिल्लामा कार्यरत स्वास्थ्यकर्मी हु।म कार्यरत जगरनाथपुर गा.पा. अन्तरगतका कुनै पनि सरकारी कर्मचारीले पनि श्रावण देखि तलब पाउने छाटकाट छैन ।यसपालिको दशैमा घर पनि ऋण गरेरै जानुपर्ने अवस्था अाउछ जस्तो छ।
Dinesh singh
Sept. 30, 2018, 6:40 a.m.यो बैतडीको समस्या नभएर , देशभरको समस्या हो सर ! म सप्तरीमा बस्ने सानो पद हेल्थ एसिस्टेन्टमा काम गर्ने कर्मचारी हुँ/ यहाँ पनि तेस्तै समस्या छ / बितेको साउनदेखि अहिले सम्म पनि तलब नखाएर काम गरिराखेका छौं / पहिले झन स्वास्थ्य कार्यालय (DHO) ले समय मै तलवको व्यवस्था गर्थ्यो , तर अहिले आएर नगरपालिकाले ३/४ महिनामा तलव दिने गरेको छ / नयाँ नेपाल, नयाँ देश भनेको यही हो /