सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा सर्बियाले स्वीडेनलाई हराएको छ । सर्बियाले स्वीडेनमाथि ४–१ को पूनरागमन जित निकालेको हो । गएराति भएको खेलको १५औँ मिनेटमा भिक्टोर क्लाइसनको गोलबाट स्वीडेनले अग्रता लिएको थियो । तर, स्वीडेनले त्यो अग्रतालाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।
सर्बियाका एलेक्सान्डर मित्रोभिकले ह्याट्रिक गरे । त्यस्तै सासा लुकिकले थप एक गोल गरे । यस जितसँगै सर्बिया लिग 'बी' समूह ४ मा १० अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । समान १० अङ्क रहे पनि नर्वे शीर्षस्थानमा छ ।
पराजित स्वीडेन ३ अङ्क जोडेर पुछारमा रहँदा स्लोभेनियाको ५ अङ्क छ । एर्लिङ ब्राउट हालान्डको गोलका बाबजुद नर्वेले स्लोभेनियासँग हार बेहोरेको छ । नर्वे घरेलु टोली स्लोभेनियासँग २–१ ले पराजित भएको हो । अरु खेलमा नर्दन आयरल्यान्डले कोसोभोलाई, स्कटल्यान्डले आयरल्यान्डलाई र इजरायलले अल्वानियालाई समान २–१ गोलले हराएका छन् । यस्तै साइप्रसले ग्रीसलाई १–० गोलले हराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।