सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । खेल कराचीमा बेलुका सवा ८ बजे सुरु हुनेछ । यी दुई देशले ७ खेलको टी–२० शृङ्खला खेलिरहेका छन् । यसअघि भएका तीन खेलमा इङ्ग्ल्यान्डले दुई र पाकिस्तानले एउटा खेल जितेको छ ।
शृङ्खलामा इङ्ग्ल्यान्ड २–१ ले अगाडि छ । आजको खेल जितेमा घरेलु टोली पाकिस्तानले शृङ्खलामा २–२ को बराबरी गर्नेछ । पहिलो खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । त्यस्तै दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो भने तेस्रो टी–२० क्रिकेटमा पाकिस्तान ६३ रनले पराजित भएको थियो ।
दुई देशबीचको पाँचौँ खेल बुधवार, छैटाैँ खेल शुक्रवार र सातौँ तथा अन्तिम टी–२० खेल आउँदो आइतवार हुनेछ । इङ्ग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गरेको हो । इङ्ग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।