व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : प्रचण्ड

 असोज ९, २०७९ आइतबार १८:४२:२२ | रासस
unn.prixa.net

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताउनुभएको छ । 

माओवादी केन्द्र चितवनले आइतवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । ‘निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन’, उहाँले भन्नुभयो, ‘घर आँगन बदल्ने, उज्यालो ल्याउने, समृद्धि ल्याउने, विकासलाई गति दिने, सामाजिक न्याय र समानताको नयाँ उचाइ छुने हाम्रो प्रतिबद्धता छ ।’ देश सङ्घीय गणतन्त्रमा आइसकेको भन्दै उहाँले देशलाई अब विकास निर्माण र समृद्धिको आवश्यकता रहेको बताउनुभयो । 

चितवनमा अहिले नमुना विकासको प्रयास गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले आउने दिनमा निकै ठूलो फड्कोका साथ विकास र समृद्धिको नयाँ मोडल चितवनले प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘चितवनको विकासको मोडेल देशैभरि फैल्याउने गौरव तपाईँहरूलाई प्राप्त हुने छ ।’ चितवनमार्फत सिङ्गै देशको विकासलाई गति दिइने उहाँले बताउनुभयो । 

आफूले देशका सबै उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदायको समृद्धिको उचाइमा लाने सपना बोकेको उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया