सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - इङ्ल्यान्डसँगको चाैथाे टी–२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । कराचीमा गए राति पाकिस्तानले इङ्ल्यान्डलाई ३ रनले हराएको हो ।
जितसँगै पाकिस्तानले ७ खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ । पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले ३४ र लियाम डसनले ३४–३४ रनको योगदान गरे । यस्तै, बेन डुकेटले ३३ तथा कप्तान मोइन अलीले २९ रन बनाए ।
पाकिस्तानका लागि मोहम्मद नवाज र हरिस राउफले ३/३ विकेट लिए भने मोहम्मद होस्नेनले २ तथा मोहम्मद वासिमले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ८८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै बाबर आजमले ३६ तथा शान मसोदले २१ र आशिफ अलीले १३ रन बनाए । इङ्ल्यान्डका लागि रिसी टोप्लेले २ विकेट लिए भने लियाम डसन र डेबिड विल्लेले समान एक/एक विकेट लिए।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।