गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्डले बेल्जियमलाई पराजित गरेको छ । कप्तान भर्जिल भान डाइकको गोलमा नेदरल्यान्डले बेल्जियममाथि १–० को जित निकालेको हो ।
जितसँगै समूह 'ए' चारमा रहेको नेदरल्यान्ड पछिल्लो १५ खेलसम्म अपराजित भएकाे छ । उसले ६ खेलबाट १६ अङ्क जोडेको छ । बेल्जियम १० अङ्क जोडेर पुछारमा छ । यस्तै, यही समूहको अर्काे खेलमा पोल्यान्डले वेल्सलाई १–० ले पराजित गरेको छ । हारसँगै वेल्स रेलिगेसनमा परेको छ ।
यस्तै, अर्को खेलमा डेनमार्कले फ्रान्सलाई हराएको छ । राति भएको खेलमा समूह 'ए' एक मा रहेको डेनमार्कले फ्रान्सलाई २–० गोल अन्तरले हराएको हो । डेनमार्कलाई जित दिलाउन कास्पर डोल्बर्ग र आन्द्रेस ओल्सेनले एक/एक गोल गरे ।
जितसँगै डेनमार्कले ६ खेलमा १२ अङ्क जोडेको छ । डेनमार्क समूहको दोस्रो स्थानमा रहेको छ फ्रान्स ५ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्को खेलमा क्राेयसिया विजयी भएको छ । क्रोयसियाले अस्ट्रियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । यसैगरी, समूह 'सी' तीनको खेलमा अजरबैजानले कजाकस्तानलाई ३–० ले हराएको छ । यो समूहमा रहेका स्लोभाकिया र बेलारुसले भने एक/एक गोलको बराबरी खेलेका छन् ।
यस्तै, समूह 'डी' एकमा रहेका एन्डोरा र लातेभियाले पनि एक/एक गोलको बराबर खेलेका छन्। यो समूहको मोल्दोभाले भने लिचटेनसियालाई २–० गोल अन्तरले पराजित गरेको छ। यस्तै, समूह 'सी' का खेलमा फारोइ आयरल्यान्डले टर्कीलाई २–१ ले हराएको छ भने लक्जमवर्गले लुथुनियालाई १–० गोल अन्तरले पराजित गरेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।