गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा प्रवेश गरेको छ । इटालीले घरेलु टोली हंगेरीलाई २–० ले पराजित गरि फाइनल चारमा पुगेको हो ।
गएराति भएको खेलमा इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले एक/एक गोल गरे । जितसँगै इटाली लिग ए समूह ३ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित हंगेरीको १० अंक छ । यसअघि क्रोएसिया र नेदरल्यान्डले नेसन्स लिगको फाइनल चारमा स्थान बनाइसकेका छन् । यो समूहको अर्को खेलमा जर्मनी र इंग्ल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
जर्मनीले दुई गोलको अग्रता लिए पनि इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गरि खेलमा बराबरी गर्याे । जर्मनीका लागि काई हाभर्टजले दुई तथा इल्केए गुन्डोगानले एक गोल गरे । इंग्ल्यान्डका लुका सा, मासन माउन्ट र ह्यारी केनले गोल गरे । इंग्ल्यान्ड यसअघि नै रेलिगेसनमा परिसकेको छ । जर्मनीले ७ तथा इंग्ल्यान्डले ३ अंक जोडेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।