गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - यूईएफए नेसन्स लिगमा पोर्चुगललाई हराउँदै स्पेन फाइनल चारमा पुगेको छ । गएराति भएको खेलमा स्पेनले घरेलु टोलीलाई १–० गोलले हरायो ।
स्पेनका लागि खेलको अन्तिम समय ८८औँ मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । ९०औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले बराबरी गर्ने अवसर पाए पनि गोलरक्षकले जोगाए । जितसँगै स्पेन नेसन्स लिग 'ए' समूह २ मा ६ खेलबाट ११ अङ्क जोडेर शीर्षस्थानमा रह्यो ।
पराजित पोर्चुगल १० अङ्ककासाथ दोस्रो स्थानमा, स्विट्जरल्यान्ड ९ अङ्कसहित तेस्रो र चेक रिपब्लिक ४ अङ्ककासाथ चौथो स्थानमा रह्यो । यो समूहको अर्को खेलमा स्विट्जरल्यान्डले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ ।
स्विट्जरल्यान्डका रेमो फ्रुउलेर र ब्रिल इम्वोलोले गोल गर्दा चेक रिपब्लिकका प्याट्रिक सिकले एक गोल फर्काए । यूईएफए नेसन्स लिगमा यसअघि क्रोएसिया, नेदरल्यान्ड्स र इटलीले फाइनल फोरमा स्थान बनाइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।