अमेरिकामा समुद्री आँधी इयानका कारण करोडौँ डलर बराबरको क्षति

 असोज १४, २०७९ शुक्रबार ७:३:४४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको फ्लोरिडामा समुद्री आँधी इयानका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आँधीबाट झण्डै २५ लाख मानिस प्रभावित भएका छन् । जनजीवन कष्टकर बनेको छ । घर तथा धेरैजसो भौतिक संरचनामा क्षति पुगेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक अन्धकारमा रहेका बीबीसीले जनाएको छ ।

अमेरिकाको आँधीबारे पूर्वानुमान गर्ने निकाय नेशनल हुरिकेन सेन्टरले बाढीको थप खतरा रहेको भन्दै चेतावनी दिएको छ । यो आँधी फ्लोरिडामा बज्रिएका अहिलेसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक मानिएको छ। इयान आँधी बुधवार फोर्ट मायर्स सहर नजिकै २ सय ४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएकाे थियाे । 

आँधीकै कारण क्युबामा दुई जनाले ज्यान गुमाएका छन् । फ्लोरिडामा मानवीय क्षतिबारेको विवरण आइसकेको छैन । यो आँधी जोर्जा र साउथ क्यारोलिना पुग्दा पनि इयान आँधीकै रूपमा रहने आँधीबारे पूर्वानुमान गर्ने निकायले जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया