नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
रुसले आफ्नो देशको दक्षिणी जापोरिज्जिया क्षेत्रमा सर्वसाधारण चढेकाे कारहरूमा गोली हानेको युक्रेनले आरोप लगाएको छ । आज शुक्रवार भएकाे आक्रमणमा परि कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ ।
यस आक्रमणमा परि २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताउनुभएको छ ।
जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किएभलाई दोष दिए र आक्रमणको पछाडि रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन् ।
भ्लादिमिर रोगोभले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई ‘आतङ्कवादी कार्य’ गरेको आरोप लगाउँदै भने, ‘किएभको शासनले रुसी सेनाले गरेको गोलाबारीलाई जघन्य उत्तेजनाको रूपमा चित्रण गर्ने प्रयास गरिरहेको छ ।’
जापोरिज्जियाका गभर्नरले भने कि रुसी सेनाले ‘क्षेत्रीय केन्द्रबाट बाहिर निस्कने बाटोमा नागरिकमाथि रकेट आक्रमण गरे ।’ ‘मानिसहरू अस्थायीरूपमा कब्जा गरिएको इलाका छोड्न, आफ्ना आफन्तलाई लिन र सहयोग लिन लाइनमा उभिरहेका थिए’, उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।