फूलपातीकाे अवसरमा भाेलि सैनिक मञ्च टुँडिखेलमा बढाइँ

 असोज १५, २०७९ शनिबार १५:२४:२५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतवार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुने भएको छ । उहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । 

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । फूलपातीको अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिने छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण अघिल्लो वर्ष फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले साङ्केतिकरूपमा मात्र आयोजना गरिएको थियो । 

बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासरुपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनको चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दशैँ घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यकमात्रामा जनशक्ति राखेर अरुलाई दशैँ बिदामा जान अनुमति दिने सेनामा चलन छ । सेनाको अहिले सङ्गठन प्रमुखमा प्रभुराम शर्मा हुनुहुन्छ । 

फूलपाती समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट महानुभावलाई आमन्त्रण गरिको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर मानिसहरुको बाक्लो उपस्थिति हुने गर्छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया