गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला घरेलु टोली भारतले जितेको छ । गएराति भएको दोस्रो टी–२० मा पाहुना टोली दक्षिण अफ्रिकालाई १६ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला २–० ले जितेको हो ।
गुवाहाटीमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित रहँदै १ सय ६ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै क्विन्टन डी ककले अविजित रहँदै ६९ रनको अर्धशतकीय पारी खेले ।
भारतका अर्शदीप सिंहले २ तथा अक्षर पटेलले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ६१ तथा केएल राहुलले ५७ रनको अर्धशतकीय पारी खेले । विराट कोहली ४९ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिए । भारत पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टी–२० भोलि हुनेछ । त्यसपछि तीन एक दिवसीय खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।